फागुन९,हेटौंडा। चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको वागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार बागमती-४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई २का विरुद्ध गोल अन्तरले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा २ गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेट एक गोल गरे ।

एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्कीले दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ विदेशी खेलाडीआर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिवार मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल १२ गते सोमवार हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय