फागुन९,निजगढ। निजगढ नगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपालको प्रजातान्त्रिक अभ्यासमा जनप्रतिनिधि, राजनैतिक दल र विद्यार्थीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विहिवार नगर कार्यपालिकाको कार्यालय निजगढको प्राङ्गणमा भएको कार्यक्रममा निजगढ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकसहित राजनीतिक दलका स्थानिय प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख, कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी तथा संचारकर्मीलगायतको उपस्थिति थियो ।

अन्तरक्रियामा विद्यार्थीहरुले नगरपालिकाको भावी योजना र शिक्षा क्षेत्रको विकासको लागि गरेको कामको बारेमा राखेका जिज्ञासामा नगरप्रमुख सुरथ पुरीलगायत दलका प्रमुखहरुले धारणा राखेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल, गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतले प्रजातन्त्रको सुदृढीकरणमा विद्यार्थी, जनप्रतिनिधि र राजनीतिक दलको भूमिकाका बारे बोलेका थिए ।




