फागुन११,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध नाईट्राभेटसहित एक युवक र एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्ने २६ वर्षिय प्रेमप्रसाद दाहाल र वर्ष २२ की निकिता पुडासैनी छन्।

उनिहरुले आईतवार विहान वीरगंजबाट ना ६४ प ३१७६ नम्वरको स्कुटरमा ११ सय ८९ पिस ट्याब्लेट लागूऔषध नाईट्राभेट लुकाईछिपाई ल्याएका प्रहरीले जनाएको छ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा रितपुर्वक खानतलासी गर्दा स्कुटरको डिक्की भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा उक्त लागूऔषध फेला पारेको जनाएको छ।

उनिहरुलाई मकवानपुर जिल्ला अदालत, हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय