फागुन१२,निजगढ।बाराको निजगढमा धारिलो हतियारसहित पक्राउ परेका एक युवकलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा  दायर भएको छ।

खुकुरी र चक्कुसहित प्रहरीको नियन्त्रणमा परेका निजगढ-६ का २८ वर्षिय सहदेव थापाविरुद्ध अभद्र व्यवहार गरेको भन्दै मुद्दा  दायर भएको हो।

थापालाई आईतवार राती साँढे ९ बजे ईलाका प्रहरी कार्यालय निजगढले धारिलो हतियारसहित नियन्त्रणमा लिएको थियो।

थापा अत्याधिक मदिरा सेवन गरि निजगढ-६ स्थित कान्तिपुर कुखुरा फार्ममा खुकुरी लिई होहल्ला गरिरहेको अवस्थामा पक्राउ परेका ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रहरीका अनुसार थापाको साथबाट १ थान खुकुरी र १ थान चक्कु बरामद गरिएको छ।

उनविरुद्ध निजगढ-८ निवासी अभिषेक शर्माको जाहेरीका आधारमा अभद्र व्यवहारमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय