फागुन१३,हेटौंडा। मकवानपुरको भीमफेदीमा आगलागीमा परि एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने एउटा गाई जलेर घाईते भएको छ।
सोमवार राती ८ बजे भीमफेदी गाउँपालिका-१ स्थित नयाँगाउँका ६० वर्षिय वासु प्रजाको काठ र खरले बनेको घर जलेर नष्ट भएको हो।
प्रहरीका अनुसार सो घरलाई प्रजाले गोठको रुपमा पनि प्रयोग गर्दै आएका थिए।
आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडासहित सम्पूर्ण धनमाल जली नष्ट भएको छ।
घटनामा कुनै मानवीय क्षती नभएपनी १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
खाना बनाउने चुल्होबाट आगो सल्केको बुझिन आएको प्रहरीको भनाई छ।



