फागुन१६,हेटौंडा।हेटौंडाको मूख्य बजार क्षेत्रमै एउटा मृग घाईते अवस्थामा फेला परेको छ।

हेटौंडा उपमहानगरपालिका-१० राप्तिरोडस्थित नेपाल टेलिकम अगाडी सडकमा शुक्रवार विहान सवा ६ बजे घाईते मृग फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

मृगलाई कुनै सवारी साधानले ठक्कर दिई घाईते बनाएको जस्तो देखिएको प्रहरीले जनाएको छ। सडक छेउमा ढलिरहेको मृगको शरीरबाट रगत बगेको छ।

प्रहरीले उक्त मृगलाई उद्वार गरि पशु सेवा कार्यालय हेटौडामा उपचार गराई जिल्ला वन कार्यालयको जिम्मा लगाएको जनाएको छ।

उक्त मृग के- कसरी घाईते भएको हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय