फागुन१६,हेटौंडा।मकवानपुरको एक घरमा प्रवेश गरि घरधनीको आँखामा खोर्सानीको धूलो छर्की चोरी गर्न खोज्ने एकजना व्यक्ती प्रतिकारमा गम्भिर घाईते भएका छन्। झडपमा घरधनी पनि घाईते भएका छन्।

घटना मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ स्थित अदुवावारी भन्ने स्थानमा विहिवार राती ८ बजे घटेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानिय ६३वर्षिय मिनबहादुर भ्लोन र उनकी श्रीमती बर्ष६४ की देवीमाया भ्लोन आफ्नै घरमा खाना खाईरहेको अवस्थामा ३५/४० वर्ष जस्तो देखिने अपरिचित व्यक्ती अचानक घरमा प्रवेश गरि भ्लोन दम्पतीको आँखामा खोर्सानीको धूलो छर्की चोरी गर्न लागेका थिए।

त्यसैबखत भ्लोन दम्पतीले भान्सामा रहेको घरेलु सामानले प्रतिवाद गर्दा उक्त ब्यक्तिको टाउको, मुख र शरिरका बिभिन्न भागमा चोट लागी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।

सो क्रममा भ्लोन दम्पती पनि घाईते भएका छन्।प्रतिकारमा श्रीमानको हात, मुख र टाउकोमा तथा श्रीमतीको हात र आँखा नजिक चोट लागेको छ।

उक्त घटना बारे थाहा पाएपछी प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिगई तिनै जना घाईतेलाई उपचारका लागी हेटौडा अस्पताल ल्याईएकोमा चोरी गर्न आउने अपरिचित व्यक्तिलाई शुक्रवार विहान पौने २ बजे थप उपचारका लागी चितवन सरकारी अस्पताल रिफर गरिएको छ।

ती व्यक्तिको खप्पर फुटेको र टाउकोमा रगत जमेकोले अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

यता घरधनी श्रीमान मिनबहादुरको पनि करङको हड्डी भाँचिएको र श्रीमती देविमायाको हातमा चोट लागि हेटौडा अस्पतालमा मध्यम अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय