फागुन१६,हेटौंडा।एक दिन अघि घरछोडी हिँडेका एक युवक वागमती नदिमा मृत फेला परेका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ दोभान बस्ने अन्दाजी वर्ष ३६ का श्याम न्यासुर आफ्नै घरनजिक रहेको वागमती नदिको बिचमा मृत भेटिएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार न्यासुर बुधवार राती ९ बजेतिर आफुखुसी घरबाट निस्केका थिए।
आफन्तले खोजतलास गर्ने क्रममा विहिवार राती साँढे ८ बजे आफ्नै घरदेखि २ किलोमीटर पूर्वमा पर्ने वागमती नदिको बिचमा ढुँगामा उनी अल्झेको अवस्थामा मृत भेटिएका हुन्।
ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकालको कमाण्डमा अनुसन्धान टोलि खटिगई प्रारम्भिक अनुसन्धान पुरा गरि शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



