फागुन१९,हेटौंडा। हेटौंडामा प्रथम नगरस्तरिय सडक नाटकको उद्घाटन भएको छ।

४ नम्बर वडा कार्यालयकाे आयाेजना र झलझली मल्टिक्रियशन म्युजिक स्टुडियाेकाे व्यवस्थापनमा शुरू भएकाे सामाजिक रूपान्तरणकाे लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियाेगिताकाे आईतवार नवाेदय शिशु सदनमा उद्घाटन भएको हो।

वडाअध्यक्ष नवीन सिग्देलले कार्यक्रमको उद्घाटन गरेका हुन्।
कला र सँस्कृतिकाे प्रवर्द्वनबाट समाजमा रहेकाे विभेद र विकृति हटाई समाजमा चेतना फैलाउन सकिने वडा अध्यक्ष सिग्देलले बताए।

अध्यक्ष सिग्देलले विद्यालयबाट नै विद्यार्थीहरुलाई कला र साँस्कृतिसंग जाेड्न सके दक्ष र उकृष्ट कलाकारहरु उत्पादन गर्न सकिने पनि बताए।

कलाको माध्यमद्वारा समाजमा रहेको विद्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार,अन्धविश्वास तथा मानवीय हिँसासमेत हटाउन सकिने उनको भनाई थियो।

प्रतियोगिता अन्तर्गत पहिलाे दिन ज्ञानाेदय वालबाटिका आवासिय मावि हेटाैँडा-५ को समूहले महिला हिँसाविरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेराे शरीर’ नामक नाटक र १८ नम्बर वडा बालसञ्जालले लागूऔषध दुर्व्यसनीविरूद्व चेतनामूलक नाटक प्रस्तुत गरेका थिए।

नगरभरीका १२ वटा समूहले सहभागिता जनाएका प्रतियाेगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले बताए।

कार्यक्रममा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ का संयाेजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चाैलागाई, नवाेदय शिशु सदनका निर्देशक दीपेश जाेशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत र सिस्नुपानी नेपालका अजर फुँयालकाे विशेष उपस्थिति रहेकाे थियाे।

बालसञ्जाल, नवाेदय शिशु सदनकी उपाध्यक्ष एनि घलेकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय