फागुन१९,बारा। बारा प्रहरीले १७० ग्राम लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर)सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्य, मोफासिल सिवाना जिल्ला, थाना सिवाना, चनौर ग्राम पञ्चायत वडा नं.१४ बस्ने अन्दाजी वर्ष ३५ का गौतम कुश्वाह,पूर्वि चम्पारण , रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नं.७ बस्ने अन्दाजी वर्ष ३० का रन्जनकुमार सिंह र सोही ठाउँ वडा नं.१० बस्ने अन्दाजी वर्ष ४० का संजिवकुमार राम छन्।

उनिहरुलाई सोमवार दिउँसो साँढे २ बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा, बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ सिमरा स्थित राज होटलबाट नियन्त्रणमा लिएको हो।

होटलको कोठा नं.१०६ मा बसिरहेका उनिहरुलाई चेक जाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय