फागुन२०,निजगढ। निजगढ नगरपालिका ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर अस्थानीले प्रधानाध्यापक पदबाट राजिनामा दिएको घोषणा गरेका छन ।

प्रधानाध्यापक अस्थानीले सोमवार समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सो पदबाट मुक्त भई विद्यालयको कुनै पनि प्रशासकीय भूमिकामा नरहेको जानकारी गराएका छन ।

शिक्षक सेवा आयोगबाट सर्लाही जिल्लामा माध्यमिक तहको शिक्षक पदमा स्थायी नियुक्त भएपछि सरुवा भएर निजगढ आएका शिक्षक अस्थानी ०७४ असार २३ गतेदेखि नेत्रोदय विद्यालयको प्रधानाध्यापकको पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

राजिनामाको कारणबारे प्रश्न गर्दा अस्थानीले एउटै पेशामा लामो समय काम गर्दा पट्यार (मोनोटोनस) लागेको प्रतिक्रिया दिएका छन् ।
उनले साँढे ७ वर्ष प्रधानाध्यापक पदमा रही काम गरेको बताए भने करीब १५ वर्ष शिक्षण पेशाको अनुभव रहेको सुनाए।

फेसबुक स्टाटसमार्फत उनले आफ्नो कार्यकाललाई हरसम्भव सफल बनाउन कोसिस गरेको बतातएका छन् ।
उनले आफुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहकर्मी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, हितैषी साथीभाइ र अभिभावक लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय