फागुन२०,हेटौंडा। मकवानपुरमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ।
फागुन १७ गते विहान ९ बजे घरबाट घाँस काट्न जान्छु भनी हिँडेकी राक्सिराङ गाउँपालिका-६ कोलडाँडाकी अन्दाजी ४९ वर्षिया सितामाया गलानको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
घाँस काट्न गएकी गलान २ दिनसम्म घर नआएपछि आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घर देखी १ किलोमिटर पश्चिमतर्फ रहेको सिलिङगे सामुदायिक वनको भिरबाट तल खसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।



