फागुन२०,हेटौंडा।मकवानपुर प्रहरीले कारमा सवार २ जनालाई बाटो छेकी कुटपिट गरेको भन्दै मोटरसाइकलमा सवार ४ जनालाई पक्राउ गरि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ।

पक्राउ पर्ने मोटरसाइकलमा सवारहरु बाराको सिम्रौनगढ नगरपालिका-४ का १९ वर्षिय अजय गिरी, १९ वर्षकै शिवमंगल गिरी,२० वर्षिय सञ्जय गिरी र रौतहट मौलापुर नगरपालिका-६ का शिवम् गिरी छन्।

यी चार जनाले सोमवार दिउँसो साँढे २ बजे हेटौंडा-१५ पिपल चौतारा स्थित पुर्व पश्चिम सडकखण्डमा एउटा कारलाई जिक्ज्याक गर्दै बाटो अवरोध गरि कार चालक र कारमा सवार एकजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा २१ च ६०७ नम्वरको कारलाई सोही दिशातर्फ जाँदै गरेको म.प्र. ०२-०३४ प १३७२ र प्र. ०२- ०३४ प ४१२९ नं. को २ वटा मोटरसाईकल चालकहरुले अवरोध पुर्याई कारमा सवार र चालकलाई कुटपिट गरि शरिरका विभिन्न भागमा गहिरो चोट पुर्याएका थिए।

मोटरसाइकलमा सवारहरुको कुटपिटबाट कार चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ बस्ने ५० वर्षिय बलराम लामा दोङ र कारमा सवार जीतपुरसिमरा -२१ का ६० वर्षिय मनोज साह घाइते भएका छन्।

पक्राउ परेका मोटरसाइकल चालकहरुलाई मकवानपुर जिल्ला अदालत,हेटौंडाबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्धामा ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय