फागुन२०,हेटौंडा।मकवानपुर प्रहरीले २० ग्राम ६३० मिलिग्राम लागूऔषध सेतो हेरोईनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका-७ पेन्चे स्थित भित्री सडकखण्डबाट भारतको ग्राम पथेल, थाना-राजपुर, पाथेल, चतरा, झारखण्ड-८२५४०१ बस्ने बर्ष २८ का संजय मांझी र भारतकै आत्मज लखन सिंह खरवार थाना मोहनपुर, पोष्ट-भलुआ, मसौन्धा मोहनपुर, गया, बिहार ८२४२३२ बस्ने बर्ष ३७ का रामदुलार कुमारलाई सोमवार साँझ ६ बजे सेतो हिरोईनसहित पक्राउ गरेको हो।

राक्सिराङबाट मनहरी बजारतर्फ आउँदै गरेको JH03V0539 नम्बर प्लेटको भारतीय स्कारपियो गाडीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त परिमाणको लागूऔषध सेतो हिरोईन फेला परेको प्रहरीले जनाएको छ।

उनिहरुविरुद्व मकवानपुर जिल्ला अदालतबाट लागूऔषध सेतो हेरोईन सम्बन्धी कसुर मुद्धामा ८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय