फागुन२१,बारा।बारा प्रहरीले २ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-३ बस्ने ५० वर्षिय संचलाल वाईवा र हेटौडा उप-महानगरपालिका-३ बस्ने बर्ष ४८ का हिरालाल वाईवा छन्।
उनिहरुलाई मंगलवार विहान साँढे ६ बजे ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडीको चेक प्वाईन्टबाट पक्राउ गरेको हो।
उनिहरुले हेटौंडाबाट वीरगँजतर्फ आँउदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको १२५ सि.सि.को डिस्कभर मोटरसाईकलको सिटमुनी उक्त लागूऔषध अफिम लुकाई छिपाई ल्याउँदै गरेका प्रहरीले जनाएको छ।



