फागुन२१,हेटौंडा।मकवानपुरमा सालनालसहितको नवजात शिशु(छोरी) को शव फेला परेको छ।
मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित फोहोर फाल्ने ठाउँ (डम्पिङसाईट)मा मंगलवार साँझ साँढे ६ बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ।
शवको प्रकृति हेर्दा १/२ दिन अगाडी मात्रै जन्माएर फालेको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिए।
शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



