फागुन२२,निजगढ।बारा प्रहरीले साँढे ४ लाख रुपैयाँ मूल्य बराबरको अवैध घरेलु मदिरा जफत गरि नष्ट गरेको छ।
जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेको १३ ओटा अवैध मदिरा भट्टिमा छापा मारी तयारी मदिरासहित मदिरा बनाउने कच्चापदार्थ र मदिरा बनाउन प्रयोग गरिने ड्रमसमेतलाई नष्ट गरेको प्रहरीले जनाएको छ।
यहि फागुन २० र २१ गते ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ५स्थित सानो ईटवालमा संचालित ३ ओटा भट्टिबाट एक लाख ५० हजार रुपैयाँ बराबरको १३सय५० लिटर कच्चापदार्थ, १० लिटर तयारी मदिरा र मदिरा बनाउने ड्रम ६ वटा नष्ट गरेको जनाएको छ।
यस्तै,ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले वडा नं.२ मा संचालित ३ वटा, वडा नम्बर ३ मा संचालित एउटा र वडा नम्बर ६ मा संचालित ३ ओटा भट्टिबाट एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २५०० लिटर कच्चापदार्थ,एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरकै १५ सय लिटर तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने ड्रम ७ वटा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



