फागुन२४,हेटौंडा। हेटौंडामा खानेपानी धाराको मिटर चोरी गर्ने १ जना पक्राउ परेका छन्।
शुक्रवार विहान साँढे १ बजेको समयमा हेटौंडा-४ भुवनसिंह पथस्थित यमबहादुर लामिछानेको घरमा जडान भएको खानेपानी धाराको मिटर चोरी गर्ने २१ वर्षिय सुरेश कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिटर चोरी भएको मौखिक सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्ने क्रममा सडकमा हिँरिरहेको अवस्थामा हेटौडा-२ वनस्खण्डीमा डेरा गरी बस्ने कुमाललाई चोरीको मिटरसहित फेला पारेको हो।
कुमाललाई मकवानपुर जिल्ला अदालत,हेटौडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



