फागुन२४,हेटौंडा। मकवानपुर प्रहरीले एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ७ जना किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरु सबै १८ वर्ष मुनिका रहेका प्रहरीले जनाएको छ।
गत माघ महिनाको ६ गते बिहान साँढे ८ बजेको समयमा हेटौंडा-२ स्थित वनस्खण्डी मन्दिर भन्दा माथी जंगलमा आफुलाई ती समूहले जबरजस्ती करणी गरेको भनि फागुन २१ गते वुधवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन्।
उक्त जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा हेटौंडाको विभिन्न स्थानबाट फागुन २२ गते ५ जना र २३ गते २ जना गरि ७ जना किशोरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
आरोपीत किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत,हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्धामा ५ दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भईरेको प्रहरीले जनाएको छ।



