फागुन२५,हेटौंडा।हेटौंडाको राप्ती खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-५ पिप्लेका १७ वर्षिय किशोर प्रियान्सु आचार्यको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आईतवार १७/१७ वर्षका दुईजना साथीहरूसँग नुहाउन गएका उनि दिउँसो अन्दाजी १ बजेर ३५ मिनेटको समयमा कोरेढुँगा भन्ने स्थानमा डुबी बेहोस भएका थिए।

बेहोस भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि उद्दार गरी उपचारका लागी हेटौंडा अस्पताल लगिएको थियो।

उनलाई २ बजेर १० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

शव सोही अस्पतालमा रहेको र थप अनुसन्धान तथा मुचुल्का कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय