फागुन२९,हेटौंडा।मकवानपुरको मनहरीमा मोबाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर एक युवाको मृत्यु भएको छ।

विहिवार साँढे ५ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने बर्ष३१का ईन्द्रलाल मोक्तान आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा करेण्ट लागी घाईते भएका थिए।

करेण्ट लागी घाईते बनेका मोक्तानलाई श्रीमतीसहित आफन्तले उपचारार्थ चितवनस्थित पुरानो मेडिकल कलेज पुर्याएका थिए।

उनको उपचारकै क्रममा साँझ साँढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय