फागुन२९,हेटौंडा।हेटौंडामा शंकास्पद अवस्थामा भेटिएको प्रेशर कुकर डिस्पोज गरिएको छ।

विहिवार साँझ साँढे ६ बजे हेटौंडा-४ स्थित शितलमहल चोक नजिकै गरुडपथ जाने भित्री सडकको फुटपाथमा वेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाले डिस्पोज गरेको हो।

आफ्नो घर अगाडी शंकास्पद अवस्थामा प्रेसर कुकर राखिएको छ भनि स्थानीय सिर्जना पौडेलले खबर गरेपछी मकवानपुर प्रहरीले घटनास्थल सुरक्षित राखि नेपाली सेनाको टोलीलाई खबर गरेको थियो।

सेनाको टोलिले साँझ ७ बजेर १० मिनेटको समयमा उक्त वस्तु डिस्पोज गरेको र कुकरभित्र विष्फोटक पदार्थ केही फेला नपरेको सेनालाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय