चैत्र६,हेटौंडा। चर्चित गायक तथा कलाकार दुर्गेश थापाले एसईई परिक्षाभर कुनै सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्।

गायक थापाले बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत एक सूचना लेख्दै यो घोषणा गरेका हुन्।

एसईई परीक्षा हाम्रो जिवनको महत्वपूर्ण घडी भएकोले यो बेला आफुले मनोरंजनात्मक कार्यक्रम गर्दा विद्यार्थी भाईबहिनिको ध्यान भंग भई परीक्षा बिग्रने सक्ने भन्दै उनले कार्यक्रम नगर्ने बताएका छन्।

कलाकार थापाले यतिबेला आफुलाई विभिन्न मेला महोत्सवमा आयोजकले निम्ता गरेपनी एसईई परिक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने भन्दै आयोजकहरुलाई पनि यो समयमा निम्ता नगर्न अनुरोध गरेका छन्।

उनले एसईई परीक्षा दिने सम्पूर्ण भाईबहिनिलाई सफलताको शुभकामना दिँदै आत्मविश्वास र धैर्यताका साथ आफ्नो लक्ष्यप्रती समर्पित हुँदै अगाडि बढ्न सुझाव दिएका छन्।

यसवर्षको एसईई परीक्षा भोली चैत्र ७ गतेदेखी संचालन हुँदैछ।

गायक थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’अत्याधिक चर्चित बनेपछि उनलाई मेला-महोत्सवमा भ्याईनभ्याई हुने गरेको छ।

उक्त गीत युट्युबको ग्लोबल ट्रेण्डिङमा पनि परेको छ। विश्वका १०० म्युजिक भिडियोको सुचिमा ७७ औँ स्थानमा परेको यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने चौथो नेपाली गीत हो ।

दुर्गेशले कार्यक्रममा आफ्ना सबैखाले फ्यानहरुलाई स्टेजमै तानेर आफुसँगै गाउने र नचाउने गर्छ्न्।

उनको फ्यानलाई दुखी नबनाउने र ठूलो मान्छे नबन्ने सादगी शैलस्वभावका कारण उनी सबैमाझ झन लोकप्रिय बनेका दर्शक स्रोताहरुले भन्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय