चैत्र६,बारा। बारा प्रहरीले नगद र एलईडि चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।

जिल्लाको सिम्रौनगढ नगरपालिका-९ बाँसबरीया टोल बस्ने वर्ष २१ का अनुरुध साहलाई २ लाख ३० हजार रुपैयाँ नगद र एउटा एलईडि टिभी चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार साहले गत फागुन २९ गते बेलुका कलैया उप-महानगरपालिका वडा नं.५ घुसुकपुर स्थित अविनाश यादवको डेराकोठाबाट उक्त रकम र एलईडि चोरी गरेका थिए।

प्रहरीले अनुसन्धानको क्रममा चैत्र ३ गते दिउँसो २ बजेको समयमा सिम्रौनगढ नगरपालिका-९ बाट उनलाई पक्राउ गरेको जनाएको छ।

साहलाई चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय