चैत्र६,हेटौंडा।मकवानपुर प्रहरीले छुट्टाछुट्टै ठाउँबाट ३.७२० ग्राम लागूऔषध खैरो हेरोईनसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले हेटौंडा-१० न्युरेनीबाट १ ग्राम ४३० मिलिग्राम सहित ३ जना र हेटौंडा-८ स्थित ओमनगर टोलबाट २ ग्राम २९० मिलिग्राम सहित ३ जनालाई पक्राउ गरेको हो।

मंगलवार दिउँसो १:३५ बजे न्युरेनीस्थित हुमबहादुर थापा मगरको घरबाट ४३ वर्षिय थापासहित हेटौंडा-२ चौकीटोल बस्ने बर्ष २४ का बिजय आले मगर र वडा नम्वर १८ बस्ने बर्ष २० का रविन सुनारको साथबाट १ ग्राम ४३० मिलिग्राम हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलवार नै दिउँसो ३ बजे ओमनगरटोल स्थित ३७ वर्षिय रनिश थापाको घरबाट उनिसहित सोही वडा बस्ने ३५ वर्षिय सुनिल खड्गि र वडा नं. १५ बस्ने बर्ष ३२का धनसिं वाईवाको साथबाट २.२९० मिलिग्राम हेरोइन फेला परेको हो।

उनिहरुले हेरोईन प्लाष्टिकमा सानो सानो पोका पार्दै गरेको अवस्थामा फेला पारेको प्रहरीको भनाई छ।

प्रहरीले विशेष सूचनाको आधारमा दुबै घरमा छापा हानेको हो। हेरोईनसहित पक्राउ परेका सबैमाथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय