चैत्र८,हेटौंडा। हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयले कान्तिलोकपथ अन्तर्गत पर्ने सानोपोखरा पुलदेखी पिप्लेस्थित माछापालनको पहिलो गेटसम्म रहेका सडक किनाराका अस्थायी टहरा भत्काउन सूचना जारी गरेको छ।

कार्यालयले विहिवार एक सूचना जारि गर्दै सो खण्डमा नालादेखी साँढे २ मिटर दायाँबायाँ क्षेत्रमा बनेका पर्खाल,ट्रस्टलगायतका अस्थायी संरचना भत्काउन १५ दिने सूचना जारी गरेको हो।

उक्त क्षेत्रमा सडक साँघुरो तथा पैदलमार्ग समेत नभएकोले स्कुले विद्यार्थी तथा पैदलयात्रु दैनिकजसो सडक दूर्घटनामा परि घाईते हुने गरेकोले उक्त समस्या समाधानका लागी ठेक्कामार्फत सम्पूर्ण प्रक्रिया अघि बढिसकेको सूचनामा उल्लेख छ।

२०८२ असार मशान्तभित्र अस्थायी संरचना हटाई पैदलमार्ग निर्माण सम्पन्न गरिसक्नुर्ने पनि सूचनामा उल्लेख छ।

सडक विभागले सडक विस्तारका लागी साँढे ७ करोड रुपैयाँमा ठेक्का लगाई प्रक्रिया अघि बढाएको वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय