चैत्र१३,निजगढ।बारा प्रहरीले लागूऔषध गाँजासहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चक्री टोल बस्ने ४२ वर्षिय बुद्ध घलान,वडा नम्वर ८ बस्ने ३६ वर्षिय नन्दकिशोर सहनी,सोही ठाउँ बस्ने २८ वर्षिय बीरबहादुर डम्वा र हेटौंडा-१५ रातोमाटे बस्ने २७ वर्षिय सोमलाल पाख्रीनलाई अन्दाजी१५० किलोग्राम गाँजासहित नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।

प्रहरीले उनिहरुलाई बुधवार विहान पौने २ बजे रतनपुरबाट बकुकियातर्फ जाँदै गरेको अवस्थामा औराहास्थित दुधौरा खोलाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनिहरुले बोरामा प्याक गरिएको गाँजा टाउकोमा बोकी गैरहेका थिए।
ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक प्रदिपप्रसाद पाण्डेको कमाण्डमा खटिएको टोलि र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलिले ६ ओटा बोरामा प्याक गरिएको अन्दाजी १५० किलोग्राम गाँजासहित नियन्त्रणमा लिई उनिहरुलाई इलाका प्रहरी कार्यलय सिमरामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




