चैत्र१५,हेटौंडा।मकवानपुरमा सवारी दूर्घटनामा परि एक चालकको मृत्यु भएको छ।
जिल्लाको राक्सिराङ गाउँपालिका-४ का ३२ वर्षिय म्याजिक चालक सन्देश कोइरालाको शुक्रवार विहान मृत्यु भएको हो।

विहान करिब सवा ३ बजे मनहरी-६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्वरको यात्रुवाहक बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्वरको खाली म्याजिक गाडी एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कोईरला गम्भीर घाईते भएका थिए।
घाईते चालक कोइरालाको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा विहान सवा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
शव सोही अस्पतालमा रहेको र बस चालक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।




