चैत्र१८,हेटौंडा।मकवानपुरको इन्द्रसरोवर  गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ।

काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको खोलामा पौडी खेल्ने क्रममा सोमवार अपराह्न करिब साँढे ४ बजे डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

इन्द्रसरोवर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको मृत्यु भएको प्रहरीले जनाएको हो।

घोरासैनी दाजुभाइ हुन भने आचार्य उनिहरुका मामाका छोरा हुन्।

गत असोजमा कुलेखानी जलाशयको ड्यामको ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो ।  सोही दहमा पौडी खेल्दा उनिहरुको ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय