चैत्र१९,हेटौंडा। मकवानपुर प्रहरीले ७ ग्राम ३७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-१ का २४ वर्षिय राज श्रेष्ठ छन्।

श्रेष्ठलाई सोमवार अपरान्ह ४ बजेर १० मिनेटको समयमा हेटौंडा-१५ रातोमाटे चेकपोष्ट स्थित पूर्वपश्चिम सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ००१९ नम्वरको यात्रुवाहक ईभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा श्रेष्ठलाई शंका लागी खानतलासी लिनेक्रममा उनको साथबाट लुकाईछिपाई ल्याएको उक्त परिमाणको हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई लागूऔषध मुद्दा कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय