चैत्र२०,हेटौंडा।मकवानपुरको मकवानपुर गढी गाउँपालिका-६ का एक किसानले पालेको बाख्रालाई खोरमै आई बाघले मारेको छ।
जनएकता टोल बस्ने स्थानिय नकुल सापकोटाले पालेको एउटा बाख्रालाई नजिकैको जंगलबाट आएको बाघले आक्रमण गरि मारेको हो।
बुधवार विहान ४ बजे नजिकैको जंगलबाट आएको बाघले सापकोटाले पालेका २ ओटा बाख्रा मध्ये एउटा बाख्रालाई खोरबाट अन्दाजी ६ सय मिटर टाढा लगी मारेको प्रहरीले जनाएको छ।



