चैत्र२१,हेटौंडा। जिल्ला अदालत मकवानपुरले हेटौंडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका आठ जना मध्ये १ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने अन्य सात किशोरलाई बालसुधार गृह हेटौंडामा राख्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलवार बसेको इजलासले १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा हेटौंडा–१४ का १८ वर्षीय सुजितकुमार लामालाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाउने आदेश गरेको हो भने बलात्कारमा संलग्न अन्य सात किशोरलाई बालसुधार गृह हेटौंडामा राख्ने आदेश गरेको हो।

गत माघ ६ गते हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा आफुलाई जबरजस्ती करणी गरेको भन्दै किशोरीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्।

किशोरीको उजुरीको अधारमा प्रहरीले फागुन २२ गते ८ जनालाई पक्राउ गरेको थियो । उक्त घटनाका आरोपी तीन जना किशोर अझै फरार छन् ।

प्रहरीका अनुसार पक्राउ परेका किशोर र जाहेरीवाला किशोरी हेटौंडास्थित एक क्याम्पसका विद्यार्थी हुन् । पीडित किशोरी स्नातक र किशोरहरु दस जोड दुईका विद्यार्थी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय