चैत्र२१,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा-१६ का ३७ वर्षिय मिलन दंगालको हत्या आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले ३ जना युवक र ४ जना युवतीलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले मकवानपुरको बकैया गाउँपालिका-३ बस्ने वर्ष ३६ का प्रशान्त लामा ,ललितपुरको गोदावारी नगरपालिका-१२ बस्ने वर्ष २४ का किसन दानी,हेटौंडा उपमहानगरपालिका-१६ बस्ने बर्ष २८ का सुजन पौडेल, बाराको निजगढ नगरपालिका-३ सिंगौल बस्ने वर्ष १९ की इनिसा तिमल्सेना, हेटौडा-१५ बस्ने वर्ष १९ की सुस्मिता तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-७ बस्ने वर्ष २० की शर्मिला मुक्तान र सोही ठाउँकी वर्ष १९ की रोजिना तामाङलाई नियन्त्रणमा लिएको हो।
मकवानपुरको बागमती गाउँपालिका-८ भुवनचुलि देउडीभञ्ज्याङ स्थित धरान चतरा सडकको नालीमा बुधवार विहान साँढे ६ बजे दंगाल मृत फेला परेका थिए।
घट्ना अघिल्लो दिन बेलुका घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दंगाल टाउकोमा चोट लागेको अवस्थामा सडकको नालीमा मृत फेला परेका थिए।
घटना बारे थाहा पाएपछी जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतको कमाण्डमा केनाईन, सोको सहितको प्रहरी टोली घटनास्थलमा खटि गई प्रारम्भिक अनुसन्धानको क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।



