चैत्र२१,हेटौंडा। डँढेलो हेर्न गएका मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँगाउँका एक पुरुषको सोही डँढेलोमा जली मृत्यु भएको छ ।

बुधबार बेलुका ११ बजेको समयमा घर नजिकको वनमा लागेको डँढेलो गोठमा लाग्ने डरले हेर्न गएका ४९ बर्षिय अकिलबहादुर पाख्रिनको डँढेलोकोे आगोले जलेर मृत्यु भएको हो ।

गएराति पाख्रिन घरबाट नजिकै रहेको बोकेदमार सामुदायिक वनमा लागेको डँढेलो गोठमा आयोकी भनेर श्रीमती बिपिमाया पाख्रिन र दाजु नाता पर्ने रत्नकुमार पाख्रिनसहित हेर्न जाँदा उनी बारिको पाटाको भिरबाट तल खसेका थिए ।

बारीको पाटाबाट लडेका पाख्रिनलालई राति खोजतलास गर्ने क्रममा फेला नपरेको र बिहिवार बिहान करिब ६ बजेको समयमा २ सय मिटर तल भिरको भोर्लाको लहरामा अड्किएर डँढेलोको आगोले जली मृत्यु भएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय