चैत्र२२,हेटौंडा। मकवानपुरको राक्सिराङस्थित एक घरमा आगलागी भएको छ।

शुक्रवार विहान साँढे ११ बजे जंगलमा लागेको डँंढेलो हावाहुरीका कारण घरमा सल्किन गई आगलागी भएको हो।

राक्सिराङ गाउँपालिका-४ तार्सिकोट रेना बस्ने रामबहादुर थिङको काठ र खरले बनेको एकतले कच्ची घरमा आगलागी हुँदा घरभित्र रहेको मकै, कोदो, चामल लगायतका खाद्यान्न, लताकपडा, भाँडाकुडा तथा सोलार प्यानल जलि पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको तथा मानवीय र चौपायाको क्षती नभएको प्रहरीले जनाएको छ।

आगो स्थानियको सहयोगमा साँढे १२ बजे तिर पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय