चैत्र२४,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ गढि दरबारस्थित कान्तिलोकपथ सडकखण्डमा एउटा अटो एक्कासी अनियन्त्रित भई नालीमा खस्दा चालक गम्भीर घाईते भएका छन्।

आईतवार दिउँसो पौने ३ बजे हेटौडा बजारतर्फबाट गढि दरबारतर्फ जाँदै गरेको ना २ ह १२९० नम्वरको अटो नालीमा खस्दा सो अटोका चालक ५८ वर्षिय सुर्ज थापा मगर गम्भीर घाईते भएका हुन्।

सोही अटोमा सवार चालककी छोरीको भनाई उद्धृत गर्दै गुडिरहेको अटोमा एक्कासी केहि पड्केको जस्तो आवाज आएको र अटो अनियन्त्रित भई नालीमा खसेको प्रहरीले जनाएको छ।

४ जना सवार अटो दुर्घटनाबाट हेटौंडा-८ ओमनगर बस्ने चालक मगरको टाउकोमा गम्भीर चोट लागेको छ भने अटोमा सवार अन्य ३ जना सकुशल रहेका छन्।

गम्भीर घाईते चालकको हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएकोमा त्यहाँबाट पनि साँझ साँढे ६ बजेर ५ मिनेटको समयमा काठमाडौस्थित अन्नपुर्ण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगि हेर्दा अटोको चालक बस्ने माथिको भागमा ढुङ्गा लागेको जस्तो देखिएको र अटोको गियरमा समेत क्षति भएको देखिएको र घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

दूर्घटनाग्रस्त अटो प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय