चैत्र२४,काठमाडौ। वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ।

उनको आज बेलुकी ८ बजे बानेश्वरस्थित फ्रन्ट लाईन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको परिवारजनले बताएका छन्।

उनका भाइ पुरु रिसालका अनुसार भैरव रिसालको कुनै पनि अन्त्येष्टिका कार्यक्रम हुँदैन। वरिष्ठ पत्रकार रिसाल १९८५ सालमा जन्मिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय