चैत्र२५,हेटौंडा।मकवानपुरको मनहरीमा बसको ठक्करबाट उदयपुरका एक पुरुषको ज्यान गएको छ।
उदयपुरको त्रियुगा नगरपालिका-२ संगमटोल घर भएका ५८ वर्षिय जीतबहादुर प्रधानको बसको ठक्करबाट ज्यान गएको हो।
सोमवार विहान २ बजेर ४० मिनेट जाँदा मनहरी गाउँपालिका-९ खरङ्गास्थित पूर्वपश्चिम सडकखण्डमा काठमाण्डौबाट जनकपुरतर्फ जान आउँदै गरेको बा.प्र.०१-००६ख. ६७१६ नम्वरको गाडीमा आएका प्रधानलाई सोही दिशाबाट आएको अर्को यात्रुवाहक बसले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार प्रधान सवार बस शौचका लागि रोकेपछी शौचालय तर्फ जान बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख. १८०९ नम्वरको बसले प्रधानलाई ठक्कर दिई घाईते बनाएको हो।
टाउको, छाति र दाहिने खुट्टामा चोट लागी गम्भिर घाईते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा ३ बजेर २५ मिनेट जाँदा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय मनहरी र बस चालक धादिङको सिद्वलेक गाउँपालिका-३ घर भएका २६ वर्षिय मोहन थापा मगर जिल्ला प्रहरी कार्यालय,मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।



