चैत्र२७,हेटौंडा। मकवानपुरको थाहा नगरपालिकाका एक किशोर १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
थाहा नगरपालिका-३ शिखरकोटका १९ वर्षीय एलोन विष्ट जबर्जस्ती करणी अभियोगमा मंगलबार दिउँसो पक्राउ परेका हुन्।
किशोरीले आफुलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



