चैत्र२९,हेटौंडा।मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-५ सिमलटार का ५५ वर्षिय भूमिनन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको हो।
उनलाई आज विहान ८ बजेर ४० मिनेट जाँदा आफ्नै घर सफा गर्ने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागि घाईते भएका तिमल्सिनालाई उपचारार्थ हेटौंडा अस्पताल लागिएकोमा ९ बजेर २२ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव हाल सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा अनुसन्धान भैरहेको पनि प्रहरीको भनाई छ।



