चैत्र३१,हेटौंडा।मकवानपुर प्रहरीले चोरी भएको एउटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

चोरीमा संलग्न २ जनालाई पक्राउ गरि चोरी तथा डाँका मुद्दा  पनि चलाएको छ।

प्रहरीले गत चैत्र २४ गते हेटौंडा-१ स्थित भिन्तुना पथबाट हराएको आशिष मुक्तानको एनएस पल्सर मोटरसाइकल फेला पारी बुझाएको हो।

प्रहरीका अनुसार भीमफेदी-२ भैँसेका २२ वर्षिय मुक्तानको नाममा दर्ता कायम रहेको ईन्जिन नं. JLXCRG77066 र च्यासिस नं. MD2A36FX9RCG84347 भएको बा.प्र.०२-०५६ प ३०८३ नं.को NS पल्सर मोटरसाईकल गत २४ गते विहान पौने १२ बजे तिर हेटौंडा-१ स्थित भिन्तुना पथबाट चोरी भएको थियो।

उक्त मोटर्साईकल चोरीमा संलग्न हेटौंडा-१८ बस्ने बर्ष ३२का ठुले भन्ने सुर्य लामा स्याङतान र मकवानपुरगढी गाउँपालिका- ३ बस्ने बर्ष ३० का सोम थोकरलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय