बैशाख४,निजगढ।आफुलाई पत्रकार भनी धाक धम्की देखाई रकम असुली गर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१० घडिअर्वा घर भई हाल वडा नम्वर १६ नगवा टोल बस्ने वर्ष ४५ का विष्णु सर्राफ छन्।

सर्राफले बारा जिल्लामा व्यापार व्यवसाय गर्ने विभिन्न व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई अभद्र व्यवहार समेत गरि रकम असुल गर्ने गरेको प्रहरीले जनाएको छ।
उक्त सूचना प्रहरी कार्यालयमा आएपछि सर्राफलाई विभिन्न माध्यबाट खोजतलास गर्नेक्रममा विहिवार बाराको प्रसौनी गाउँपालिका-३ स्थित प्रसौनी गण्डक चोकमा फेला पारी नियन्त्रणमा लिईएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयबाबु पण्डितले जानकारी दिए।
सर्राफ उपर आवश्यक अनुसन्धान कार्य भईरहेको डिएसपी पण्डितले बताए।




