बैशाख५,हेटौंडा।काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको विद्युतिय गाडी दूर्घटना हुँदा २ जनाको ज्यान गएको छ।१४ जना घाईते भएका छन्।
मृत्यु हुनेमा रौतहटको दुर्गा भवानी गाउँपालिका-५ की अन्दाजी बर्ष ५० की निलमदेवी राउत र सर्लाहीको वागमती गाउँपलिका-७ की १३वर्षिया किशोरी मानुषी मगर छ्न्।
राउतको उपचारकै क्रममा विहान साँढे ४ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको र मगर खोजतलासको क्रममा विहान साँढे ५ बजे दुर्घटनास्थल नजिकै रहेको खोल्सामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
शुक्रवार विहान अन्दाजी १ बजे मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२धरमपानीस्थित कान्तिलोक पथ सडकखण्डमा उक्त गाडी दूर्घटनाग्रस्त भएको थियो।
प्रहरीका अनुसार गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको र दूर्घटनाबाट गाडि पुर्णरुपमा क्षति भएको छ।
अन्य घाईतेहरुको हेटौंडा र मकवानपुर सहकारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
११ जनाको मध्यम र चालकसहित ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



