बैशाख५,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले शुक्रवार बाराको निजगढस्थित आर्यघाटको मर्मत संभार र सरसफाइ गरेका छन्।
उनिहरुले निजगढ-९ स्थित बकैयाखोला किनारमा रहेको आर्यघाटको जीर्ण ब्रह्मनाल मर्मत गरि वरपर रहेका फोहोर सरसफाई गर्नुका साथै एउटा खानेपानीको धारासमेत जडान गरेका हुन्।
विगत ८ महिनादेखी जीर्ण रहेको ब्रम्हानाल मर्मत गर्न आर्यघाट समितिलाई अनुरोध गर्दा आलटाल गरेपछी आफुहरुको सक्रियतामा उक्त कार्य गरेको रास्वपा बाराका सचिव रामहरि खरेलले जानकारी दिए।
सो कार्यमा रास्वपा निजगढ कमिटीका सदस्य र शुभचिन्तकहरुले साथ दिएको खरेलले बताए।



