बैशाख९,हेटौंडा।मकवानपुर प्रहरीले अवैधरुपमा ढुवानी गरिरहेको गाईगोरु नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट खटिएको प्रहरी टोलिले मंगलवार विहान ५ बजे हेटौंडाबाट वीरगंजतर्फ जान लागेको भेटेनरी कागजात नभएको ८ ओटा गाई र ७ ओटा गोरुसहित एउटा ट्रक पनि नियन्त्रणमा लिएको जनाएको हो।

प्रहरीका अनुसार हेटौंडा-४स्थित फरेष्ट्री क्याम्पस अगाडि पूर्व-पश्चिम सडक खण्डमा बा.प्र.०३-००१ख १२२० नम्वरको आएचर ट्रक प्रहरी चेकजाँच गर्ने क्रममा ट्रक चालक सवारीसाधन छोडी भागेका थिए।

उक्त गाईगोरुहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ट्रकसहित पशुसेवा केन्द्र कार्यालय हेटौडामा बुझाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय