बैशाख९,हेटौंडा। गाडिको जगेडा टायरभित्र लागूऔषध ओनरेक्स लुकाईछिपाई ल्याउने एकजना सुमो चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको बहदुरमाई नगरपालिका-९ का २४ वर्षिय मुम्ताज मियाँ छन्।

मियाँले आफुले चलाउने सुमोको छतमा राखेको जगेडा टायरमा प्वाल पारी लुकाईछिपाई २२५ थान ओनरेक्स काठमाडौतर्फ लान लागेका थिए।

मंगलवार विहान अन्दाजी ६ बजेर ५ मिनेटको समयमा हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्टमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा अमलेखगंजबाट काठमाण्डौतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्वरको सुमोमा १०० एमएलको २२५ थान ओनरेक्स फेला पारेको प्रहरीले जनाएको छ।

मियाँलाई सुमोसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत,हेटौंडाबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय