बैशाख१०,बारा।बारा प्रहरीले झण्डै ११ लाख मूल्य बराबरको ६ किलो अवैध चाँदी बरामद गरेको छ।

प्रहरीले मंगलवार साँझ साँढे ५ बजे पथलैया चोकमा एउटा यात्रुवाहक बसको क्याबिनबाट बेवारिसे अवस्थामा १० लाख ८० हजार रुपैयाँ मूल्य बराबरको चाँदिका विभिन्न किसिमका गरगहना बरामद गरेको जनाएको हो।

प्रहरीका अनुसार मंगलवार साँझ साँढे ५ बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरिक्षक अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले वीरगंजबाट तुलसिपुर दाङतर्फ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसको क्याविनभित्र सिटमुनी वेवारिसे अवस्थामा उक्त चाँदी फेला पारेको हो।

प्रहरीले वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंका लागी खोलेर हेर्दा कार्टुनभित्र लुकाई छिपाई राखिएको चाँदि जस्तै देखिने रेडिमेड गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय