बैशाख१०,हेटौंडा।मकवानपुर प्रहरीले ह्युमपाईप भित्र लुकाईराखेको ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ।

प्रहरीले मकवानपुरगढी गाउँपालिका- २ स्थित धबोडी खोल्सामा रहेको ह्युमपाईप भित्र १०१ किलो ३१० ग्राम गाँजा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।

गढीबाट धापतर्फ जाने बाटोमा रहेको उक्त खोल्सामा रहेको ह्युमपाईपभित्र शंकास्पद वस्तु रहेको भन्ने खवर पाएपछि प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

ह्युमपाईप भित्र रातो प्लास्टिकले बेरेर लुकाएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उक्त गाँजा राख्ने व्यक्तीको पहिचान नभएकोले खोजतलास कार्य भैरहेको डिएसपी अर्यालको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय