बैशाख१३,हेटौंडा। जन गायकको नामले परिचीत जीवन शर्मालाई साहित्य संगम मकवानपुरले सम्मान गर्ने भएको छ। शर्मालाई श्यामप्रसाद स्मृति सम्मान-२०८२ द्वारा सम्मान गर्न लागिएको हो।

दर्शन र राजनीति शास्त्रमा स्नातक तथा अंग्रेजी र मानवशास्त्रमा डबल स्नातकोत्तर गरेका शर्माले जनवादी गीत मार्फत जनताको मन जितेका छन्।

२०१६ साल चैत्र २६ गते बागलुङमा जन्मिएका शर्माले जनताका दु:ख,पिर र मर्कालाई टपक्कै टिपेर लयबद्व पार्थे।

उनका सिमली छायाँमा बसि,छेकेर छेकिन्न,चाँहिदैन मलाई सिसाको महल,लगायतका गीत जनमानसमा चर्चित छन्।

हेटौंडा उपमहानगरपालिका-४ नम्वर वडा कार्यालयको प्रवर्द्धनमा हुने कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने वडाअध्यक्ष नवीन सिग्देलले जानकारी दिएका छन्।

हेटौंडा-४ स्थित ओम्याक्स सिनेमाहलमा यहि बैशाख १९ गते आयोजना हुने कार्यक्रममा गायक शर्माको एकल गायन प्रस्तुतीसहित स्थानीय कलाकारहरुको पनि साँगीतिक प्रस्तुती हुने जनाईएको छ।

कार्यक्रम अपरान्ह साँढे ४ बजेदेखी शुरु हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय