बैशाख१५,रौतहट।रौतहटमा पुरानो रिसिईबी साँध्न टिकटक बनाउने भन्दै बोलाएर एक जना बालकको गोली हानी हत्या भएको पाईएको छ।

गत बैशाख ६ गते घरपरिवारसँग सम्पर्कविहिन भएका रौतहटको वृन्दावन नगरपालिका-७ का१४ वर्षिय बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बालक यादवको शव बैशाख ११ गते चाँदी खोलामा फेला पारी अनुसन्धान अगाडी बढाएको थियो।

बालक यादवलाई सोही ठाउँका २५ वर्षीय नागेन्द्र सहनीले फोन गरेर टिकटक बनाउन जाउँ भनी बोलाएपछि उनि
अपरान्ह ४ बजे तिर घरबाट बीआर. डब्लू.१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका-८ स्थित चाँदी खोला तर्फ गएका थिए।

गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई नागेन्द्र र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले कब्जामा लिएका रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।

परिवारबिच पुरानो रिसिईबी 

घिमिरेका अनुसार ‘दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ।, सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ।’ उनले भने।
‘केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्रकी भतिजीको मृत्यु भएको रहेछ । तर सहनी परिवारले कृष्णको बुवाले मारेको आरोप लगाउँदै आएका रहेछन्,’ प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ।

‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको घिमिरेले बताए ।

हत्यापश्चात प्रमाण लुकाउने प्रयास

हत्यापश्चात् दुवैजनाले यादवको मोटरसाइकल प्रयोग गरि दुर्गाभगवती गाउँपालिका-५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको प्रहरीले जनाएको छ।

उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका-४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले बताए ।

मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पुर्‍याएका थिए ।

‘हामीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्यागजिन र गोली पनि बरामद गरेका छौं,’ घिमिरले भने ।

घिमिरेका अनुसार मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय